नेपालको राष्ट्रियता माथि जी न्युजको आपतिजनक रिपोर्ट (भिडियो सहित)

Posted on: 13 Jan, 2021

पुस २९, काठमाडौँ | भारतीय न्युज च्यानल जी न्युजले नेपालको राष्ट्रियतामाथि नोक्सानी पुर्याउने आपतिजनक रिपोर्ट प्रशारण गरेको छ | सगरमाथामा भारतले दाबि गर्नु पर्ने र नाम पनि फेरी दिनुपर्ने भन्दै आपतिजनक रिपोर्ट प्रशारण गरेको हो |

यसअघि गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर जी न्युजका प्रधान सम्पादक सुधिर चौधरीसँग अन्तर्वार्ता दिएका थिए | तर उनले स्वदेश फिर्ता हुने बितिक्कै सगरमाथाको नाम नै फेर्नुपर्ने र भारतले दाबि गर्नुपर्ने अभियान नै चलाएका छन् |

Image may contain: one or more people, sky, mountain, cloud, outdoor and nature

जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथा क्षत्रमा पुगेरै भनेका छन्,'भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ |' उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने बताएका छन् |

सगरमाथाको उचाई पहिलोपटक राधानाथ सिकदरले नापेको भन्दै उनको नामबाटै सगरमाथाको नामकरण गर्नुपर्ने चौधरीको दाबि छ | 

Image may contain: 1 person, mountain, sky, outdoor and nature

चौधरीले नेपालको बारेमा बारम्बार विवादास्पद र आपतिजनक अभिव्यक्ति दिने,रिपोर्ट प्रशारण गर्ने गरेका छन् | तर प्रधानमन्त्री ओलीले केहि समय अघिमात्रै बालुवाटारमा न्यानो स्वागत गरेर तिनै चौधरीसँग अन्तर्वार्ता दिएका थिए |

यसअघि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको लज्जास्पद र भ्रामक कपोलकल्पित रिपोर्ट प्रशारण गरेको थियो | नेपालमा त्यसको विरोध भएपछि जी न्युजको प्रशारणलाई रोक लगाएको थियो |

Image may contain: sky, outdoor and nature

त्यसपछि उनले नेपाल भारतका न्यूज  एंकरसँगै डराएको बताउंदै सेना अघि सर्नै नपर्ने बताएका थिए | उनले ट्वीटर मार्फत भनेका थिए, ‘नेपालले भारतीय न्यूज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्यूज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!