संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफीमिनाहा

Posted on: 18 Sep, 2020

असोज २, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा भोली २८९ कैदीबन्दीको कैद माफीमिनाहा गर्दैहुनुहुन्छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा  गर्नुहुनेभएको हो । 

नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिने राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गर्ने हुनुभएको प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!