आजको नेपाल बन्द शान्तिपूर्ण हुन्छ: इन्चार्ज धुव्र

Posted on: 14 Mar, 2019

फागुन ३०, सुर्खेत | नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले आज गरिएको नेपाल बन्द शान्तिपूर्ण हुने जनाएको छ । सरकारले देशभर नै  पार्टीका कार्यकर्ताहरुलाई धरपकट गरेको विरोधमा विप्लवले बुधबार (आज) बन्दको आह्वान गरेको हो ।

‘पार्टीको केन्द्रीय कार्यक्रमअनुसार एकदिन बन्दको आह्वान गरिएको हो’ चन्द्र नेतृत्व विप्लव नेतृत्व नेकपाका सुर्खेत इन्चार्ज धुव्रले भने, ‘बन्द सफल पार्न शान्तिपूर्ण रहने छ ।’ नागरिकहरुलाई दुःख दिने नियत नभई आफ्ना कार्यकर्तामाथि सरकारले गरेको दमनका विरुद्ध बन्द आह्वान गरिएको समेत इन्चार्ज धुव्रले जानकारी दिए । 

उनका अनुसार बन्द अराजक नभई शान्तिपूर्ण हुनेछ ।  विप्लवलाई सरकारले प्रतिवन्ध लगाएको छ कसरी लिनु भएको छ भन्ने प्रश्नमा इन्चार्ज धुव्रले देशमा दलाल, घुसखोरी, देशद्रोही, विखण्डनकारी लगायतलाई सरकारले प्रतिवन्ध लगाउनुको सट्टा विप्लव नेतृत्व नेकपा प्रति सरकारले गरेको प्रतिवन्ध गलत भएको टिप्पणि गरे । ‘पार्टीलाई प्रतिवन्ध लगाउनु गणतन्त्र र सरकारका निम्ति दुर्भाग्य हो’ धुव्रले भने, ‘देशमा सरकारले नै अशान्ति फैलाउन उद्धत भई गृहयुद्धतर्फ धकेली रहेको छ ।’ 

गणतन्त्रमा पार्टीलाई नै प्रतिवन्ध लगाएर सरकारले देशमा मुठभेटको सिर्जना गरेको उनको आरोप छ । तत्काल प्रतिकारका लागि केन्द्रीय निर्देशन केही नआएकाले अहिले आफूले केही बताउन नसक्ने उनको भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!