प्रदेशसभा इलाम १ (क) मा एमालेकी उम्मेदवार लिम्बू विजयी

Posted on: 10 Dec, 2017

मङ्सिर २४, इलाम । प्रदेशसभा १ (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)की खिनु लङ्वा लिम्बू १८ हजार ६८६ मत ल्याएर विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र राईले नौ हजार ३२७ मत ल्याउनुभएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामबाट महिला उम्मेदवार उहाँ मात्रै बन्नुभएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!