धनकुटाको ख्यातीप्राप्त स्थान 'हिलेबजार'

Posted on: 22 Jul, 2016

समुन्द्रसतहबाट करिब १९५० मिटर उचाइमा अवस्थित हिलेबजार धनकुटा नगरपालिका वडा नं. १ मा अवस्थित छ । कोशी राजर्माग हिले बजारबाट अघि बढेर तेह्रथुमतर्फ गएको छ भने भोजपुर जाने सडक पनि यहाँबाट छुट्टिएको छ ।

हिले व्यापारिक केन्द्र पनि हो । यहाँ पर्यटकहरुको लागि सुविधाजनक होटल, लजहरु उपलब्ध छन् । वर्षैभरि चिसो हावापानी रहने हिलेमा पनि चिसो वातावरणमा रमाउन चाहने मानिसहरु  वर्षैभरि आईरहन्छन् । पारखीहरुको लागि “तोङवा” र सुकुटी प्रसिद्ध छ। यहा“ एउटा आकर्षक बौद्ध गुम्बा पनि छ । हालसालै यहां एक “तोङवा” सेवन गर्ने भा“डाको कलात्मक शालिक पनि निर्माण सम्पन भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!