घाटमा जलाउन लैजाँदै गरेको महिलाको शव प्रहरी नियन्त्रणमा

Posted on: 19 Apr, 2019

वैशाख ६, वीरगञ्ज । घाटमा जलाउन लैजाँदै गरेको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा २३ प्रसौनीविर्ताबाट प्रहरीले अन्दाजी २९ बर्षीया अञ्जुदेवीको शव नियन्त्रणमा लिएको हो ।

पन्नालाल दासको श्रीमती अञ्जुदेवीको परिवारकै सदस्यबाट हत्या भएको आशंकामा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । अञ्जुदेवीको शव जलाउन सिर्सिया खोला किनारस्थित गैया घाटमा लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।


महिलाको श्रीमान पन्नालाल र छरछिमेकका अन्य मानिस फरार छन् । प्रहरीले मलामी गएकामध्ये कृष्ण दास र उमेश दासलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको भन्दै कसैलाई पनि नियन्त्रणमा नलिएको दावी गरेको छ ।

स्रोतका अनुसार उनीहरुले शव जलाउन भारततर्फ लैजाने कोशिस गरेका थिए । एम्बुलेन्स चालकले नमानेपछि शव गाउँमै जलाउन खोजिएको थियो । तर प्रहरीमा खबर पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!