बारा, पर्सा र अछामका हावाहुरि तथा असिना पिडितलाई राहत संकलन सुरु

Posted on: 07 Apr, 2019

कमल रावल | चैत २४, अछाम | बारा, पर्सा र अछामका हावाहुरि तथा असिना पिडितलाई अछाममा राहत संकलन सुरु गरिएको छ । 

पहाडमा चिसो भए तराईले सेक्नुपर्छ, तराईमा बाढि आए पहाडले सेक्नु पर्छ भन्ने नारा सहित युवा लक्ष्मण भण्डारि र सुनिल भण्डारी लगाएतको नेतृत्वको टोलिले सदरमुकाम मंगलसेनमा चलिरहेको अछाम महोत्सवबाट राहत सँकलन अभियान सुरु गरेका हुन । सरकारको जस्तै ठुलो राहत संकलन गर्न नसकेपनी सदरमुकाम मंगलसेन लगाएत जिल्ला भरिका सबै स्थानिय तह र प्रमुख ब्यापारि केन्द्रमा राहत संकलनको अभियान चलाईने बताईएको छ । 


अछाम महोत्सव भित्र संकलन भएको पहीलो दिन राहत संकलन मंगलसेनमा पत्रकार सम्मेलन गरेर जानकारी गराईले नेतृत्वकर्ता लक्ष्मण भण्डारीले बताउनु भयो । राहत संकलन अभियान सिर्जनशिल युवा क्लब, न्यु भिजन युवा क्लब र सामाजिक सञ्जाल समुह Troll Achham को आयोजनामा सुरु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!