एसियाकै ठूलो महाशिला मासिने भएपछि स्थानीयको विरोध

Posted on: 03 Jun, 2020

पर्वत । दक्षिण एसियाकै ठूलो मानिएको महाशिला मासिने भएपछि स्थानीयबासीले विरोध जनाएका छन् । महाशिला गाउँपालिकाले महाशिलालाई कुदेर शिव पार्वतीको विशाल मुत्र्ति बनाउने काम थालेपछि स्थानीयबासीले विरोध जनाएका हुन् । एकसय  ८ फिटको अर्धनारेश्वरको मुर्ती निर्माणको तयारी थालेपछि स्थानीयहरु  विरोधमा उत्रिएका हुन । एक सय ८ ढुङ्गे धारा  सार्वजनिक शौचालय  सतसंग भवन निर्माणको काम थालेको हो ।

केन्द्र सरकारको  ५० लाख र स्थानीय सरकारको  दश लाख  र प्रदेश सकारको  १७ लाख रुपैयाँ खर्च भईरहेको महाशिलामा ढुङ्ग कुद्न थालेपछि स्थानीय आक्रोशित भएका छन ।

महाशिला गाउँपालिकाको ५ अवस्थीत १ लाख ३० हजार घन मिटरको यो ढुङ्ग महाशिलाको नामले परिचित छ ।  १८ रोपनी क्षेफलमा फैलिएको यो शिला  विगतमा मेलढूँगाको नामले चिनीएको थियो ।  एशीया कै ठुलो ढुङ्गा रहेको प्रमाणीत  गरीएपछि  महाशिला नामाकरण गरीएको  यो  ढुङ्गा स्थानीय सरकारले कुँदेर स्वरुपमा परिवर्तन गर्न थालेपछि स्थानीयले अवरोध गरेका हुन ।  

सरकारले एकसय पर्यटकीय गन्तव्यस्थलमा महाशिलालाई पनि समावेश गरेपछि त्यसको प्र्रचारप्रसार गर्नको भन्दै स्थानीय तहले ६८ करोडको डिपिआर तयार पारी शिलाको स्वरुप परिर्वतन गर्न थालेको हो ।


स्थानीयले  चालिस लाख वर्ष पुरानो ईतीहाँस बोकेको  ढुङ्गाको स्वरुप नविगारी कनै पर्यटकीय क्षेत्र बनाउन सकिने भन्दै  निर्माण कार्यको अवरोध गरेका हुन । बाईट


तर स्थानीय सरकारले भने महाशिला निर्माणको काम नरोक्ने बताउँदै आएको छ । गाउँ  पालिकाकै मुख्य संकल्प रहेको भन्दै  विवादका विच पनि काम तिब्र पार्ने जनाएको  छ । गाउँ पालिका अध्यक्ष राजु पौडेलले स्थानीय भन्दा   गाउँपालिका भन्दा बाहीर बासोबास गर्नेहरुले विरोध गरेको बताउँदै विकास निर्माणका फरक नपर्ने बताए ।


यसरी स्थानीयबासीकै अबरोधमा गरीने विकास निर्माणले स्थानीय तबरमा अपनत्व नपाउनुको साथै प्राकृतीक स्वरुप नै परिवर्तन आउने देखिन्छ । विकास निर्माणमा स्थानीयसँग  हातेमालो गर्नुपर्ने स्थानीय सरकारका जन प्रतिनिधिहरुले स्थानीयसँग विबाद गरेर विकास गरीनु फलदायी नहुनु सक्छ । यसमा समयमै स्थानीय सरकार तथा केन्द्र प्रदेश सरकारले समन्वय गर्नु आवश्यक देखिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!