आहा ! पर्वतमा बन्जी जम्प (फोटोकथा/भिडियो)

Posted on: 18 Dec, 2018

शिला पाण्डे
पर्वत । विश्वकै दोस्रो अग्लो बन्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । माघ महिनाभित्रै संचालनमा आउने निर्माण कम्पनीले जनाएको छ ।

२०७३ बैशाखमा निर्माण सुरु भएको उक्त बन्जी जम्पको हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सकिएको छ । बन्जीजम्पको परिकल्पना र डिजाइन फ्रेञ्च युवती फ्लोरेन्सले गरेकी थिइन ।

[caption id="attachment_26076" align="alignnone" width="1160"] कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई ५ सय २० मिटर लामो झोलुंगोमा जोडेर २ सय २८ मिटर उचाइको बन्जी निर्माण भइरहेको हो । बन्जीजम्पका साथै स्काई साइक्लिङ र स्वीङ पनि निर्माण हुनेछ ।[/caption]

बन्जीजम्प निर्माणका लागि कुश्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी र सिन्धुपाल्चोकका राजु कार्की र फ्लोरेन्स लगायतको लगानी छ । लगानीकर्ताले हालसम्म १२ करोड रुपैयाँ खर्च भइसकेको जनाएका छन् । यो व्यवसायीक प्रोजेक्टमा प्रभु बैंकले पनि सहकार्य गरेको छ । बैंकको यसमा ५ करोड रुपैयाँ लगानी भएको छ ।

यसको निर्माणको जिम्मा प्यारामाउन्ट कन्स्ट्रक्सनले लिएको छ । द क्लिफ कम्पनीको नामबाट बन्जीजम्प संचालन हुनेछ । पर्वतमा नेपालकै अग्ला र लामा झोलुङ्गपुलहरुका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु आउने क्रम बढेको छ । त्यसमा बन्जीजम्पले थप पर्यटक आकर्षक गर्ने संचालकले अपेक्षा गरेका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!