लकडाउनले केवलकारलाई ३६ लाख घाटा

Posted on: 27 Sep, 2020

पर्वत । नेपालमै पहिलो पटक केवलकार मोडलमा निर्माण गरिएको कुश्मा बलेवा यान्त्रिक पुलले लकडाउनको बेला ३६ लाख घाटा बेहोरेको छ ।

पर्वतको कुश्मा बजारदेखि बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको यान्त्रिक पुल लकडाउनका कारण ६ महिना संचालन नहुदाँ  ३६ लाख १९ हजार ७ सय ८० रुपैयाँ घाटा भएको यान्त्रिक पुलका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

पर्वत उद्योग वाणिज्य संघको प्रवद्र्धनमा २०६८ सालदेखि संचालनमा आएको यान्त्रिक पुल लकडाउन खुलेसँगै ६ महिनापछि संचालनमा आएको छ ।

यान्त्रिक पुल पुन संचालनमा आएपछि सर्वसाधरणको दैनिकि सहज भन्दै गएको छ ।यान्त्रिक पुलले बागलुङ जिल्लाका करिव दर्जन बढी गाविसलाई कुश्मा बजारमा आवातजावत गर्न सहज भएको छ भने घण्टौको पैदल यात्रा ५ मिनेटमा छोटिएको छ । 

कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडद्धार संचालित यान्त्रि पुलमा दैनिक पाँचसयभन्दा बढी सर्वसाधरणले यात्रा गर्ने गरेका छन् भने प्रतिव्यक्ति १२० शुल्क  निर्धारण गरिएको छ । 

०००


यस बिषयमा तपाइको प्रतिक्रिया...!