पर्वतको पाङमा भूक्रम्पले एक घर ध्वस्त

Posted on: 16 Sep, 2020

आज बिहान गएको भुकम्पका कारण यहाँको एक घर भत्किएको छ । कुश्मा नगरपालिका वडा नम्बर–१ स्थित तल्लो पाङमा एक घर भत्किएको हो । बुधवार बिहान ५ बजेर २० मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर गएको ६ रेक्टर स्केलको भुकम्पले स्थानीय नारायण सुबेदीको कच्ची घर भत्किएको हो ।

वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र छेवैमा बाँधिएको गाईलाई पुरेको हो । पुरिएको गाईलाई भने तत्काल उद्धार गरिएको सुवेदीले जानकारी दिए । गत आइतबार राति भएको अविरल वर्षापछि उक्त घरको पछाडि पहिरो खसेर पानी थुनिएको थियो । त्यही पहिरो र पानीका कारण कमजोर बनेको अवस्थामा भूकम्पको धक्का पर्दा घर भत्किएको सुबेदीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!