नेकपा कुश्मा नगरकमिटिद्वारा ५० हजार सहयोग

Posted on: 03 Apr, 2020


पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा कुश्मा नगरकमिटिले ५० हजार कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको छ । लक डाउनको समयमा ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुलाई एकद्वारा प्रणालीमार्फत राहत हस्तान्तरण गर्नको लागि नगर कमिटिका संयोजक शंकर गिरीले उक्त रकम  नगरपालिकाका मेयर रामचन्द्र जोशीलाई हस्तान्तरण गरेका हुन् ।

कुश्मा नगरपालिका भित्र रहेका मजदुरलाई यो माहामारीको बेलामा कोही भोकभोक बस्न नपरोस भनेर नै नेकपा कुश्मा नगर कमिटिले राहत कोषमा नगद जम्मा गरेको गिरीले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!