पर्वतमा चट्याङ लागेर १ महिलाको मृत्यु

Posted on: 16 Apr, 2019

बैशाख ३, पर्वत | पर्वतमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ । सोमबार साँझ चट्याङबाट मोदी गाउँपालिका–४ हलहलेकी २२ वर्षीय तारादेवी पुनको मृत्यु  भएको हो । 

घरमा सुतिरहेको बेलामा चट्याङ लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल पुर्‍याइएको थियो । उनको अस्पतालमा नै ज्यान गएको अस्पतालले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!