मोदीमा कृषिमा ९८ लाख विनियोजन

Posted on: 14 Jul, 2020


पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि बजेट, नीति तथा कार्यक्रममा कृषिलाई प्रथामिकता दिइएको छ । गाउँपालिकाको सातौ गाउँ सभाबाट आगामी आर्थिक वर्षका लागि कुल ६२ करोड ५६ लाख ५९ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो । जसमा चालू तर्फ ४० करोड ३ लाख १४ हजार ७५० अर्थात ६३।९८ प्रतिशत र पूँजीगत तर्फ २२ करोड ५३ लाख ४४ हजार २ ५० अर्थात ३६।०२ प्रतिशत रहेको छ ।

गाउँपालिकाले कोभिड विशेष कोष स्थापनाका लागि रू १ करोड ५० लाख, कोरोना प्रभावित यूवा लक्षित व्यवसायिक कार्यक्रमका लागि रू ५० लाख, मोदी नमुना कृर्षि गाउँ स्थापनाका लागि रू २४ लाख रुपैया बिनीयोजन गरेको छ । त्यसैगरी भूमी बैकको स्थापना र बाँझो जग्गामा खेती गर्नेलाई मापदण्ड बनाई अनुदान दिनका लागि रु १२ लाख, गाउँपालिकास्तरीय कृषि उपज संकलन केन्द्र स्थापना गर्न रु १२ लाख, कृषि उत्पादन र ढुवानीमा अनुदान, कृषक विमा कार्यक्रम, गाउँपालिकास्तरीय श्रम बैक स्थापना र सञ्चालनर बालकक्षा सहजकर्तालाई थप पारिश्रमिकको व्यवस्थाका लागि बजेट प्राथमिकतामा पारिएको छ ।

यता कुश्मा नगरपालिकाले आगमी  आर्थिक वर्ष ०७७र०७८ का लागि झण्डै रु.८० करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ । छैटौ नगरसभाले आगामी आर्थिक वर्ष २०७७।०७८ का लागि रु. ७९ करोड ७८ लाख ५० हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो । जसमा  कृषि क्षेत्रको व्यावसायिकरण तथा यान्त्रिकिरणका लागि रु ६५ लाख, पशु सेवा विकासका लागि ५५ लाख, पर्यटन पूर्वाधार विकासका लागि रु. १५ लाख, महिला सहकारी विकासका लागि १२ लाख बिनीयोजन गरिएको छ ।

महाशिला गाउँपालिकाले आठौ गाउँसभाबाट रु.३४ करोड, ४० लाख १८ हजार २२३ रुपैया बराबरको बजेट ल्याएको हो । महाशीलाको सरोकार एक घर एक रोजगार कार्यक्रमका लागि रु.१ करोड १८ लाख रुपैया बिनीयोजन गरेको छ । विहादी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड ८९ लाख १० हजार रुपैयाको बजेट प्रस्ताव गरिएको छ ।

कृषि तथा पशु पालनमा ब्यवसायमा आश्रीत रहेका कारण कृषिमा विविधिकरण र आधुनिकीकरण गरी ब्यवसायीक बनाउने योजनालाई प्रथामिकतामा राखिएको छ ।  व्यवसायी खेती, निर्वाहमुखी खेतीको लागि प्रोत्साहन गर्ने नीति लिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!