पर्वतमै खुल्यो नमूना फिटनेस सेन्टर

Posted on: 26 Jan, 2020



मानवमा बढ्दै गएको दीर्घरोगको समस्या र युवाहरूमा बढेको कुलतलाई समाधान गर्ने अभिप्रायले कुश्माका युवाहरुले अत्याधुनिक व्यायाम हलसहितको कुश्मा हेल्थ क्लव संचालन गर्न लागेका छन् । झण्डै एक करोडको लागतमा निर्माण भएको उक्त क्लवमा ५० देखी ६० जना महिला पुरुषले एकैसाथ जिम गर्न मिल्ने क्लवका अध्यक्ष डा प्रमोदकुमार मण्डलले जानकारी दिनुभयो । क्लवले आइतवार कुश्मामा पत्रकार सम्मेलन गरेर मानव व्यायामका विविध बिषयमा जानकारी गराएको हो ।


क्लवबाट नियमित सेवा लिनका लागि तीन हजार रूपैयाँ भर्ना शुल्क र दुईहजार मासिक शुल्क तोकिएको भएपनि एक बर्षको प्याकेज लिँदा २१ हजारमा थप तीनमहिना सेवा लिन पाइने व्यवस्था गरिएको क्लवका संचालक सुरेश केसीले जानकारी दिनुभयो । ‘क्लवमा युगल जोडी, विद्यार्थी र नियमित आउनेलाई प्याकेजमा सहुलियत दिने व्यवस्था गरिएको छ ।’( संचालक केसीले भन्नुभयो ।


पछिल्लो समय सरूवा रोग भन्दा दीर्घ रोगीहरूको संख्या बढ्दै गएको अवस्थामा सुगर, प्रेसर, कोल्डस्टोर लगायतका रोगहरुको समाधानका लागि यो हेल्थ क्लव कोशेढुङ्गा सावित हुने कुश्मा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष चित्रकला शर्माले वताउनु भयो । क्लबमा सुरेश केसी, डा प्रमोदकुमार मण्डल र नारायण शर्माको संयुक्त लगानी रहेको वताइएको छ । उक्त जिम क्लवको यही माघ १६ गते ‘मिस्टर वल्ड’ महेश महर्जनको उपस्थितिमा उद्घाटन हुने कार्यक्रम रहेको क्लवले जनाएको छ । उक्त कार्यक्रमको संचालन स्थानीय युवा गोकुल चापागाईले गर्नुभएको थियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!