छैठौ पर्वत महोत्सवको तयारी पूरा

Posted on: 22 Jan, 2020


यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।  उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

  महोत्सव शुरु हुन अब तीन दिन मात्रै बाँकी रहेको बेलामा स्टल बुकिङका लागि व्यापारीहरु धामाधाम आउन थालेका छन् । लघुउद्यमी पहिलो तीस जनालाई निशुल्क र पर्वतका उद्योगी व्यवसायीलाई २५ प्रतिशतमा स्टल बुकिङ थालिएपछि स्टल बुकिङकोे लागि आउनेहरुको भीड लाग्न थालेको हो ।

महोत्सव आयोजक उद्योग बाणिज्य संघले गण्डकी प्रदेशका तीस लघुउद्यमीलाई निशुल्क स्टलको व्यवस्था मिलाइएको जनाएको छ । गण्डकी प्रदेशको लघुउद्यमलाई प्रर्बद्धनको लागि महोत्सवको आयोजना गरिएकाले लघु उद्यमीहरुलाई निशुल्क स्टलको व्यवस्था गरिएको महोत्सव मुल संयोजक केदरनाथ शर्माले जानकारी दिनुभयो ।

साथै पर्वतका उद्योगी र व्यापारीहरुको लागि २५ प्रतिशत सहुलियतामा स्टल उपलब्ध गराउने उद्योग बाणिज्य संघ पर्वतले जनाएको छ । महोत्सवमा स्थानीय लघुउद्यमको प्रचारप्रसार  गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवले नेपाल सरकारले शुरु गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा जोड दिने महोत्सव मुल आयोजक समितिका संयोजक एवं  उवासंघ पर्वतका अध्यक्ष केदरनाथ शर्माले बताउनु भयो ।

स्टल उपलब्ध गराउनेछौं । कोही लघुउद्यमी हुनुहुन्छ भने तपाइहरुले निशुल्क रुपमा आफ्नो उद्यमको विक्रिवितरण तथा प्रदर्शनीमा राख्न सक्नुहुनेछ उनले भने  । गण्डकी प्रदेशमा रहेका लघुउद्यमको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको बताउँदै उनले लघुउद्यमको विकासको लागि महोत्सव फलदायी हुने बताए । महोत्सव आयोजकले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर लघुउद्यमीलाई निशुल्क स्टलको व्यवस्था मिलाएको हो ।

महोत्सवको तयारी बारे प्रचारप्रसार समितिका संयोजक ठाकुर वि पौडेलले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् । महोत्सव आउन अब केहि दिन मात्रै बाँकी रहँदा प्रचारप्रसारको अवस्थाको बारेमा  पत्रकारहरुलाई पछिल्लो जानकारी गराईको हो ।

महोत्सवमा ५ लाख दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ । महोत्सव अवधिमा भाइरल बालकलाकार कमला घिमिरे, रामकृष्ण ढकाल, लेकाली व्याण्ड लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा पालिकास्तरीय पुरुष  भलिबल प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, दौड प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने आयोजकले जनाएको छ । महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ  भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २५० स्टल रहने आयोजकले जनाएको छ । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!