असिनाले उडायो सपना

Posted on: 03 Jun, 2019


पर्वत । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले असिनाबाट प्रभावित क्षेत्रको अनुगमन तथा अवलोकन गरेका छन् । 

कूश्मा नगरपालिका ११ पकुवामा  गत विहिवार आएको असीना पानीले पूयाएको क्षतीको जोशीले स्थलगत अनूगमन गरेका हुन् । 

पकुवामा विश्व विजय जोशीले ७२ लाखको लागतमा स्थापना गरेको समृद्धि कृषि तथा पशूपक्षि फर्ममा असीना पानीले ठूलो क्षती पु¥याएको छ ।  फर्ममा ४ जना कामदार रहेका छन् ।

 जस्तापात समेत असिनाले प्वाल पारेको छ ।स्थानीयलाई वडा कार्यालयले त्रिपाल समेत वितरण गरेको छ । जोशीले त्यहाँको अवस्थाबारे प्रत्यक्ष अवलोकन गरेका हुन् ।

ग्रीन हाउसमा काम गर्नेगरि ईजरायल गएका विश्व विजय जोशी ११ वर्ष ईजरायल वसेर गरेको काम र सीपलाई नेपाल आएर कार्य गर्ने गरि स्थापना गरेका थिए । उनको ग्रनरी हउसमा ९ वटा टनेल र कालिज पालनका लागी ९ रोपनी जग्गा संरक्षण गरि कार्य अगाडी वढाएका थिए ।

९ वटा टनेलमा तरकारी खेती,वोडी,भेन्टा,कांक्रा,खूर्सानी र गोलभेडाले उत्पादन दिएर वजार पु¥याउने वेलमा असीना पानीले प्लाष्टिक टनेल नष्ट गरेपछि जोशी निरास बनेका छन् ।

असिना आउनु अगाडि दैनिक २५ हजारको तरकारी वजारमा पुयाउने गरेको संचालक जोशीको अहिले चिन्ता बढेको छ । असिनाले तरकारी खेती त नष्ट गर्यो अब टनेल फेरी कसरी बनाउने भन्ने चिन्तामा परेका छन् । लाखौको लगानी गरिसकेका जोशी अहिले यहि कुरामा चिन्तित छन् ।

३ लाख ५० हजारको प्लाष्टिक नष्ट भएको नगर प्रमूख रामचन्द्र जोशीलाई संचालक विश्व विजयले बताए । वडा नं. ११ का अध्यक्ष शिवशर्मा पौडेलले पकूवा क्षेत्रमा भएका क्षतीको वारेमा नगर प्रमूखलाई स्थलगत अनूगमन गरेर नगरवाट राहात उपलव्ध गराउन अनूरोध गरेका छन् ।

वडा अध्यक्ष पौडेलले पकुवामा ठूला मात्रमा क्षति भएको बताए । वडामा हिउँदे बाली मकै , तरकारी खेती सबै असिनाले नष्ट गरेको छ ।

उक्त क्षेत्रको स्थलगत अनूगमन पछि नगर प्रमूख रामचन्द्र जोशीले नगर कार्यपालिकाको वैठक राखेर सवै क्षेत्र अर्थर,ठूलीपोखरी,कटूवा लगायतका क्षेत्रको क्षतीलाई आंकलन गरी राहात वितरण गर्ने बताए ।

यता जिल्लाको दक्षिण क्षेत्रमा पनि असिनाले ठूलो क्षति गरेको छ । हिउँदे बाली मकै नष्ट पारेको छ । फलेवास नगरपालिकामा विउ उत्पादनको लागि लगाइएको काँक्रा समेत असिनाले क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । विउ निकाल्ने समय पुग्नै लाग्दा असिनाले क्षति गरेपछि बीउ उत्पादन कम हुने देखिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!