एनआरएनको सहयोगमा पर्वत अस्पतालमा थाइराइड परिक्षण सुबिधा

Posted on: 20 Feb, 2019

पर्वत/गैह्र आवासिय नेपाली संघ (एनआरएनए) रसियाको सहयोगमा पर्वत अस्पतालमा थाइराइड परिक्षण सुबिधा शुरु भएको छ ।
एनआरएनए रसियाले थाइराईड परिक्षणका लागि अत्याधुनिक उपकरण हस्तान्तरण गरेपछि पर्वत अस्पतालमा पहिलो पटक थाइराइड परिक्षण सुबिधा थपिएको हो ।


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले अत्याधुनिक थाइराज परिक्षण गर्ने उपकरण पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले मंगलबार हस्तान्तरण गर्नुभयो । यस अघि थाइराईड परिक्षणका लागि हजारौ खर्च गरेर बिरामी पोखरा जानुपर्ने अवस्था अब अन्त्य भएको छ ।


एनआरएनए रसियाले पर्वतबासीका लागि स्वास्थ्य सेवा लिन सहयोग पुगोस भनेर नयाँ उपकरण सहयोग गरेको अध्यक्ष रामेश्वर गौतमले जानकारी दिनुभयो । यस अघि एनआरएनए रसियाले पर्वतको दक्षिणमा पर्ने बिहादी गाउँपालिका स्थित रानीपानी स्वास्थ्य चौकीलाई गत बर्ष एम्बुलेन्स समेत हस्तान्तरण गरेको थियो ।


मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गले प्रदेश भित्रका सबै सामुदायिक अस्पतालमा स्र्माट हेल्थ केयर सुबिधा पु¥याउने लक्ष्य राखिएको जानकारी दिनुभयो । अस्पतालमा पुगेपछि बिरामीका लागि आवश्यक र क्षमता अनुसारको सबै सुबिधा उपलब्ध गराउँदै स्मार्ट हेल्थकेयरको सुबिधा दिने तयारीमा रहेको उहाँको भनाई छ ।

‘एउटा अस्पतालले बिरामी पुगेपछि उसको क्षमता अनुसार सबै सुबिधा दिनुपर्छ’ उहाँले भन्नुभयो ‘हामी प्रदेशभित्रका सबै अस्पतालमा जनशक्ति, उपकरण र अन्य कारणले बिरामी फर्केर जानु नपर्ने अवस्था आउन नदिने पक्षमा छौ’ प्रदेश सरकारले यसका लागि आवश्यक बजेट, उपकरण र प्राबिधीक समेत खटाउने आश्वासन पनि मुख्यमन्त्री गुरुङ्गले दिनुभयो ।

जिल्लामा रहेका सबै अस्पताललाई ५० शैंयाको अस्पतालको रुपमा बिकास गर्ने लक्ष्य समेत राखिएको र घुम्ती अस्पताल समेत यसै बर्ष देखि शुरु गरिने उहाँको भनाई थियो ।


पर्वत जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले जिल्ला अस्पतालमा जनशक्ति, उपकरण र सेवालाई समेत सुधार गर्दै गएको जानकारी दिदै एनआरएनएको सहयोगले अस्पतालको सेवा प्रवाहमा नयाँ आयम थपिएको बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!