नेकपामा कतिबेला कुनको राजनीति सखाप पारिन्छ थाहा छैन –प्रवक्ता श्रेष्ठ (भिडियोसहित)

Posted on: 21 Jan, 2020


माघ ७, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले पार्टी चलाउन नमिल्ने बताएका छन् ।  प्रेस संगठन पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले पार्टी चलाउन खोजे सरकार र पार्टी दुबै सकिने बताएका हुन् ।

नेता श्रेष्ठले पार्टीभित्र गुटबन्दी मौलाउँदै गएकोले कुन बेला कुन नेता त्यसको शिकार हुने भन्ने खतरा रहेको औलाए । नेतृत्वको विपक्षमा बोले कुन बेला पार्टीले राजनीति नै खाइदिने हो भन्ने चिन्ता बढेको छ भन्दै नेकपामा एकले अर्कालाई सिध्याउनकै लागि गुटबन्दी मौलाएको बताए ।

श्रेष्ठले एमसीसीबारे पनि पार्टीले नै औपचारिक निर्णय गर्ने भएका कारण यसमा दुविधा लिनुपर्ने आवश्यकता नरहेको बताए ।

भिडियो 



यस बिषयमा तपाइको प्रतिक्रिया...!