नेकपा सरकारमा सबैभन्दा बढि भ्रष्टाचार - भट्टाराई (भिडियोसहित)

Posted on: 17 Feb, 2019

नयाँ शक्ति पार्टिका संयोजक डा. बाबुराम भट्टराईले सरकारका कारण मुलुकमा भष्ट्रचार र बेथिती चरम रुपमा बढेकोे आरोप लगाउनु भएको छ ।  भष्ट्रचार नियन्त्रण गर्ने निकाय कमजोर बनेको बताउँदै सरकारकै कारण मुलुकमा भष्ट्रचार र बेथिती बढ्दै गएको टिप्पणी गर्नुभयो । पार्टिले सञ्चालन गरेको जनसंवाद यात्राको क्रममा आज पर्वतको कुश्मामा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले भष्ट्रचार नियन्त्रण गर्ने निकाय राजनीतिक छायाँमा परेको बताउनुभयो । 

उहाँले मुलुकमा चरम भष्ट्रचार बढेका कारण जनतामा निराशा छाएको उल्लेख गर्नुभयो । मुलुकमा अहिले नीतिगत भष्ट्रचार बढि मात्रामा बढेकोमा भट्टराईले चिन्ता व्यक्त गर्नुभयो । वाईडबडि काण्ड, एनसेल काण्ड, बुढिगण्डकी काण्ड जस्ता भष्ट्रचार नीतिगत भष्ट्रचारको पछिल्ला उदाहरण भएको उहाँले उल्लेख गर्नुभयो । 

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता भट्टराइले कम्यूनिष्ट नेतृत्व सत्तामा पुगेपछि जनताका मुद्धा भुलेको आरोप लगाउनुभयो । सत्तामा टाँसिएपछि कमाउन र रमाउन मात्रै नेताहरु केन्द्रित भएको उहाँको आरोप छ । वर्तमान सरकारको एक वर्षे कार्यकाल पूर्णत असफल जस्तै देखिएको भट्टराईले तर्क गर्नुभयो । काँग्रेसले पनि जनसवालमा आवाज उठाउन नसकेको भट्टराईले बताउनुभयो । 

पहाडलाई मधेश संग र मधेशलाई पहाड संग जोड्न आफुहरु जनसंवाद यात्रामा निस्किएको बताउँदै भट्टराईले मुलुकको समृद्धिका लागि एकले अर्काको अस्तित्व स्विकार्नुपर्नेमा जोड दिनुभयो । जनसंवाद यात्रा अन्तर्गत १९ दिनको कार्यक्रम पर्वतमा सम्पन्न भएको हो । पर्वत पछि आज नै बागलुङमा पनि कार्यक्रम गर्ने जनशक्ति पार्टिको तयारी छ । 





यस बिषयमा तपाइको प्रतिक्रिया...!