१२२ जना प्रहरीले बन्जीबाट कालीगण्डकीमा एकै पटक हाम फाले (भिडियो)

Posted on: 21 Mar, 2020


पर्वत । विश्वकै लामो र अग्लो दाबी गरिएको कुश्मामा संचालित बन्जी जम्पको सफल परिक्षण गरिए संगै बन्जी गर्नेहरुको पनि भिड लाग्न थालेको छ । शनिबार १२२ जना प्रहरीले एकै पटक बन्जी गरेका छन् ।

नेपाल पुलिसका असई पोष्टमा रहेका १ सय २२ जनाले कमाण्डर तालिमको लागि बन्जी गरेका हुन् । सबै असई पोष्टका रहेका छन् भने उनिहरु देशभरीबाट छनोटमा परी आएका हुन । 

युवा ब्यवसायी कार्कीको अगुवाईमा कुश्माका स्थानीय युवाहरु सहित करिव २० करोड लगानीमा बन्जी सहित साहसिक पर्यटन शुरु भएको हो । यो बन्जी विश्वकै दोस्रो अग्लो बन्जीको रुपमा दाबि समेत गरीएको छ । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल बनिसकेको छ । नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट झण्डै साढे २ सय मिटर तल बगेको कालीगण्डकीको बिचमा बन्जी गर्न मिल्नेछ । उक्त बन्जीमा कार्की र पर्वतका युवा व्यवसायिहरु समेतगरि ११ जनाको लगानी रहेको छ । कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २२८ मिटर उचाइबाट बन्जी गर्न मिल्नेगरि व्यवसायीले लगानी गरेका हुन् । 

बन्जीको निर्माण कम्पनी द क्लिफ प्रालिका अध्यक्ष एवं मुख्य लगानीकर्ता राजु कार्कीले यहि माघ १६ गते बिहिबार बिहान १० बजेर ५ मिनेट जाँदा कालीगण्डकी माथीको साढे दुई सय मिटर माथिबाट डोरीमा हाम फाली परिक्षण गरे सगै बन्जी गर्नेहरु नियमित सम्पर्कमा आईरहेका छन् ।

बन्जीमा कार्कीसहित कुश्माका युवराज जोशी, नेत्र पराजुली, नवराज पौडेल, राजन जोशी लगायतको लगानी छ । लगानीकर्ताहरुले करिव १५ करोडको अनुमान गरेर बन्जी निर्माण शुरु गरेका थिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!