३९ लाख खर्च गरेको ओम पार्क अलपत्र

Posted on: 21 Jan, 2020


पर्वत । सरकारले पर्यटन वर्ष मनाउन लागेको छ तर पर्यटन प्रर्वद्धनको लागि राज्यको लगानी भने बालुवामा पानी सरह भएको छ । पर्यटन प्रर्वद्धनको लागि गण्डकी प्रदेश सरकारको ३९ लाख लगानीमा निर्माण शुरु गरिएको पर्वतको ओमपार्क भने अलपत्र परेको छ ।

निर्माण कार्यसम्पन्न नहुँदै निर्माण भएका भौतिक संरचना जीर्ण अवस्थामा पुगेका छन् भने ओम पार्कको योजना नै अलपत्र परेको छ । 

कुश्मा नगरपालिका  ७ खरेहामा रहेको भडखोरे सामुदायिक वनमा निर्माणाधिन अवस्थामा रहको शहरी वन प्रर्वद्धन तथा हरित  पार्क निर्माण निर्माण सम्पन्न नहुँदै अलपत्र परेको हो ।

गण्डकी प्रदेश पर्यटन वन तथा उद्योग मन्त्रालय मार्फत विनीयोजित  ३० लाख  बजेट खर्च भईसकेको  पार्कमा  ७ सय ५० पैदनमार्गका लागि सिडि चिनीएका छन । एक सय आठ चौतारा  र पानीको ताल निर्माणको चरणमा भनिएपनि थालनी भने भएको छैन । 

स्थानीयका अनुसार भिरालो जमीनमा पार्क निर्माण गर्दा पहीरो जोखीम उच्च रहेको हो । मानव आवत जावत कम भएका कारण अहिले पार्क जङगलले भरीएको  छ । स्थानीय प्रकाश शर्माल राज्यको लगानीको सदुपयोग हुन नसकेको बताए ।



वर्षेनी कागजी प्रतिवेदन  तयार पार्ने  आयोजना अलपत्र रहने भएका कारण स्थानीयले समेत सरकारको कार्यदक्षमा पश्न गरीरहेका छन । डिभिजन  वन  कार्यलय पर्वत मार्फत सम्पादन भएका  आयोजनाले पुर्ण नपाउँदा समेत स्थानीयले गुनासो गरीरहेका हुन ।  प्राविधिक राय सल्लाह विना नै आयोजना सञ्चालन गराईनुले पनि बजेटको हिनामिना हुने गरेको  कर्मचारीहरुले स्वीकार गरेका छन । निमीक्त वन अधिकृत  केशव पुढासैनीले   गलत स्थान छनौट गरेर पार्क निर्माण गर्दा बजेटको सदुपयोग हुन नसकेको बताए । 



 पार्कमा बन डिभिजन कार्यालयको राजमार्ग हरीयाली कार्यक्रम अन्तर्गत  २० लाख खर्च गरेर रोपण गरीएका विरुवाका रोपेको थियो तर । विरुवाको कुनै नामनिशान देखिदैन ।  स्थानीय सरकार आईसकेर कार्यन्वयनमा आईसकेको तीन वर्ष लाग्दा समेत सरकारी बजेटको सदुपयोग हुन सकेको छैन । भने अर्कोतर्फ स्थानीय सरकारकै दवावमा बजेट खर्च गरीरहन परेको नियमनकारी  निकायको गुनासो  छ  । एक अर्का सरकारी निकायको समन्वयको अभावमा पनि  एक कार्यलयमार्फत सम्पादन भएका आयोजना  अर्को निकायले भत्काउने प्रचलनका कारण   सरकारी बजेटको वर्षेनी दुरुपयोग बढदो  छ ।  सरकारले  पर्यटन वर्ष मनाईरहँदा  पर्यटकीय क्षेत्रमा भईरहेको लगानी भने सदुपयोग हुन सकीरहेको छैन 





यस बिषयमा तपाइको प्रतिक्रिया...!