तेस्रो पाँचथर गोल्डकप शनिबारबाट हुँदै

Posted on: 05 Apr, 2019

कमल घिमिरे।चैत्र२२। पाँचथर, पाँचथरको फिदिममा  जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता तेस्रो पाँचथर गोल्डकप  शनिबारबाट  सुरु हुदैछ।
 प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, विदेशी क्लब सहित १ नम्बर प्रदेशका चर्चित क्लबहरु गरी  दश टिम सहभागी हुनेछन्। अपाङ्गता भएका व्यक्तिहरुको सहयोगार्थ मैदानको  प्रवेशद्वारमा फरक क्षमता भएका व्यक्तिहरु रहने आआएकोयोजकले जनाएको छ।
 फिदिम मावीको खेल मैदानमा हुने प्रतियोगिताको  सम्पुर्ण तयारी पुरा भएको  आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिनुभयो। शनिबारको उद्घाटन खेल दिउँसो २:३० मा  डिएफसी मोरङ र मिसन युनाइटेड ताप्लेजुङ बिच हुनेछ । विभिन्न क्लबबाट अनुभवी खेलाडीहरु फिदिम आउने भएकाले फिदिममा फुटवलको माहोल तात्ने अनुमान भइरहेको छ।
प्रतियोगिताको विजेता टिमले ४ लाख रुपैयाँ नगद र ट्रफि पाउने छ भनेउपविजेताले  २ लाख  र ट्रफि पाउनेछ।प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा आयोजक पाँचथर क्लब सहित मोरङ, ताप्लेजुङ, हिमालयन शेर्पा क्लब काठमाण्डौँ, जाउलाखेल युथ क्लब ललितपुर, दार्जेलिङ युनाईटेढ भारत, विजय युथ क्लब हेटौडा, विर्तामोड युनाईटेड क्लब झापा, रेड हर्ष इलामको सहभागिता रहने छ। दर्शकहरुले बाँसको अस्थायी प्याराफिटमा बसेर खेल हेर्ने व्यवस्था गरिएको क्लबका उपाध्यक्ष महेन्द्र खड्काले  जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!