७२ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Posted on: 20 Jan, 2020

कमल घिमिरे।माघ६।पाँचथर, पाँचथरमा ७२ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा  एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । वृद्धालाई वलात्कार गरेको आरोपमा जिल्लाको हिलिहाङ–७, सुभाङका २८ बर्षीय मनकुमार योञ्जन पक्राउ परेका हुन् ।

सात बर्ष अघिनै श्रीमानको मृत्युपछि घरमा एक्लै बस्दै आएकी बृद्धलाई माघ ३ गते राती साँढे आठ बजेको समयमा बलात्कार गरी नगदसमेत चोरी गरेको आरोपमा योञ्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका पाँचथले जनाएको छ ।  

योञ्जनले राति बृद्धको घरभित्र प्रवेश गरी पटुकामा बेरेर राखेको १४ हजार ३सय ४० रुपैंयाँ नगद, पुराना डलर पैशा राखेको थैली समेत चोरी गरी बलात्कार गरेको पिडित बृद्धाको जाहेरीको आधारमा योञ्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका योञ्जनमाथि जबरजस्ती करणी र डाका चोरी अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रवक्ता रोमनराज अर्यालले वताउनुभयो ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!