लिम्बु चलचित्र “के” ले उत्कृष्ट चलचित्रको अवार्ड जित्यो

Posted on: 10 Jun, 2019

कमल घिमिरे।जेष्ठ२७।पाँचथर,पाँचथरमा निर्माण गरिएको लिम्बु चलचित्र “के” ले उत्कृष्ट चलचित्रको अवार्ड हात पार्न सफल भएको छ ।

गत जेष्ठ २४,२५ र २६ गते काठमाण्डौमा सम्पन्न भएको तेस्रो आदिबासी जनजाती चलचित्र महोत्सवमा प्रदर्शन भएका दुइ दर्जन धेरै विभिन्न समुदायको सँस्कार र संस्कृतिमा आधारित चलचित्रहरुलाई पछाडी पार्दै चलचित्र ”के”ले प्रथम स्थान सहित उत्कृष्ठ अवार्ड हात पारेको हो ।

किराँत लिम्वूहरुको सँस्कार र संस्कृतिमा आधारित मौलिक बाजा च्यावु्रङको महत्व र यो बाजा निर्माण गर्नका लागि आवशयक सामग्री जुटाउन हुने गरेको कानूनी अड्चनका कथा चलचित्र “के” मा समेटिएको छ ।

 सागर केरुङको लेखन तथा निर्देशनमा तयार पारिएको चलचित्रमा इसन केरुङ र बुद्धराज लिम्बूको निर्माण, प्रेम पन्दाकको संगीत, सुनिता सुब्बाको स्वर, सञ्जय आचार्यको छयाङ्कन , मधु केरुङ, बबिता फोम्बो, कमल घिमिरे, रुपा आङबुहाङ, प्रेम ओझा, मनकुमार केरुङ, सुक्मिता केरुङ, सन्देश सुब्बा, डिआर हाङ्सरुम्बा, आर।के। थेबे , अप्सरा नेउपाने, संघर्ष खतिवडा, संगीता लावती, दिपक खनाल लगायतले अभिनय गरेका छन् । 

 चलचित्र याक्थुङ मुन्चइत चोक सयङले किराँत याक्थुङ चुम्लुङ,लिम्वू सास्कृतिक परिषद,याक्थुङ हाक्पारे पालाम सयङ,याक्थुङ लेखक संघ, लिम्वू विद्यार्थी मञ्च,याक्थुङ केलाङ सयङ,याक्थुङ युवा मञ्च,संघीय लिम्वुवान मंच, र याक्थुङ युवा मञ्च लगायतका सस्थासँगको समन्वयमा तयार पारेको हो ।

यो चलचित्र पाँचथरका विभिन्न स्थानमा छायांकन गरिएको थियो । आदीवासी जनजाती महोत्सवमा प्रथम भएसँगै निर्देशक सागर केरुङले फेसवुक मार्फत चलचित्र निर्माणका समयमा सहयोग पु¥याउने सवैलाई धन्यवाद दिएका छन ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!