फिदिमको पहिचान बोकेको गेट मर्मत गरिदै

Posted on: 03 Apr, 2019

 कमल घिमिरे।चैत्र२०।पाँचथर, पाँचथर सदरमुकाम फिदिमको मेनरोडमा रहेको  फिदिमकै  पहिचान बोकेको गेटको मर्मत कार्य भइरहेको छ । 

 समाजिक सञ्जाल फेसबुकमार्फत भरखरै सुरुभएको लिम्बूवान स्प्रिीङ्ग आन्दोलनको आर्थिक व्यवस्थापनमा गेटको मर्मत सुरु गरिएको हो । जीर्ण भएका स्थानहरुमा टाल्ने र नयाँ रङ्गरोगन गर्ने काम भइरहेको छ । २०६२/०६३ को जनआन्दोलन पछि गेटको अग्रभागमा रहेको राजाको श्रीपेच हटाइएको थियो । त्यसपछि लिम्बू जातीलाई चिनाउने प्रतिक सिलामसाक्मा र च्याब्रुङको चित्र अङ्किित गरिएको थियो । 

 गेटमा नेपाली, अङ्ग्रेजी र लिम्बू तीन वटा भाषामा पान्थर थुम फेदेन यहाँहरुलाई हार्दिक स्वागत गर्दछ लेखिएको छ । लिम्बू जातीहरुको बाहुल्यता रहेको सदरमुकाम फिदिममा रहेको यो गेटलाई सबैको साझा सम्पदा भएकाले मर्मत संभार गरिएको लिम्बूवान स्प्रिीङ्ग आन्दोलनका अभियान्ता मधु केरुङ्गले बताउनुभएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!