पाँचथरमा चट्याङ लागेर १ जनाको मृत्यु ९ घाइते

Posted on: 17 Feb, 2019

कमल घिमिरे । फागुन ५ । पाँचथर, पाँचथरमा बेग्ला बेग्लै ठाउँमा परेको  चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । 

 शनिबार पानि झरि सँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका ३ पौवा सारतापका  १७  वर्षिय भगेन्द्र तामाङको घटना स्थलमै मृत्यु भएको हो । चट्याङ लागेरै मृतक तामाङका ११ वर्षिय भाइ मनकुमार तामाङ घाइते भएका छन् । घाइते को जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि झापा रेफर गरिएको छ । 

यस्तै शनिबारनै परेको चट्याङ लागेर फालेलुङ गाउँपालिकामा ८ जना घाइते भएका छन् । फालेलुङ – ५ प्राङबुङमा रहेको फौदमान तामाङको घरमा चट्याङ पर्दा सोही घरमा बसिरहेका ८ जना मानिसहरु घाइते भएका हुन् । घाइतेहरुको उपचार स्थानिय स्वस्थ्य चौकीमा भइरहेको पाँचथर प्रहरिले जनाएको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!