पाँचथरमा प्रधानाध्यापकद्धारा विद्यार्थीमाथी कुटपिट

Posted on: 08 Feb, 2019


 कमल घिमिरे। माघ २४। पाँचथर, पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मा.वि.का प्रधानाध्यापकले कक्षा–९ मा अध्यनरत एक छात्रलाई   कुटपिट गरेका छन् ।

 जिल्लाको मिक्लाजुङ गाँउपालिका–४ घर भई फिदिमम डेरा गरेर बस्ने रोहित राईलाई प्रधानाध्यापक दुर्गाराज खत्रीले कुटपिट गरेका हुन् । खत्रीको कुटाइबाट घाइते भएका राइको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

राईको टाउकोको भित्रि भागमा समस्या देखिएकोले अहिले के भएको छ भनेर भन्न नसकिने अस्पताल स्रोतले जनाएको छ ।

बुधबार कक्षा १० का विद्यार्थीहरुले डेक्स भाचेको विद्यार्थीहरुले बताएका छन् । तर, बिहिबार  कक्षा–९ का अन्य साथिहरुलाई पनि प्रधानाध्यापक खत्रिले पालैपालो कुटेको र रोहितलाई भने अफिसमै लगेर कुटेको एक विद्यार्थीले बताए । 

पिडित राईले आफुले डेक्स नभाचेको भनेर आग्रह गर्दा पनि मुखमुखै नलाग भनेर मुड्कीले टाउकोको पछाडी र गालामा हानेको बताएका छन् । 

 आफुले विद्यार्थीलाई तर्साउने तरिकाले मात्र कुटेको तर, त्यसरी नियतबस गम्भिर घाइते हुने गरी नकुटेको र  यस विषयलाइ गम्भिर बनाउन खोजीएको प्रधानाध्यापक खत्रीले  वताउनुभएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!