विरेन्द्र थोक्लिहाङको नाटक संग्रह फिदिममा लोकार्पण

Posted on: 09 Dec, 2019

कमल घिमिरे।मंसिर२३।पाँचथर,पाँचथरे साहित्यकार वीरेन्द्र थोक्लिहाङ‘वीरेनजी’को नाटक संग्रह ‘यदि उसको भविशय बन्छ भने’ नाटक संग्रह फिदिममा लोकार्पण तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न गरिएको छ ।

 हाम्रो थिएटर नेपालको आयोजनामा भएको सो कार्यक्रममा पाँचथरे अग्रज साहित्यकार प्रेम ओझा र युवा साहित्यकार मधु आजित केरुङले नाटक संग्रहको चर्चा गर्नुभएको थियो । लोकार्पण गरिएको नाटक संग्रहमा तुहिन्छन् यसरि क्रान्तिका सपनाहरु,वेलकम टु एड्स र यदि उसको भविश्य बन्छ भने गरि तीन वटा नाटक समावेश गरिएको छ ।

पछिल्लो समयमा नाट्य क्षेत्रका कृतीहरु कमै मात्रमा प्रकाशन हुँदै आएकोमा यो कृतीले थप हौसला प्रदान गरेको उपस्थित अथितिहरुले बताएका छन् ।

हाम्रो थिएटर नेपालका महासचिव राज दिलाञ्जलि सञ्चालन गरेको कार्यक्रममा नौलो साहित्यिक विहानका अध्यक्ष राम प्रसाद उपाध्याय,पुर्व राज्य मन्त्रि सिरी जवेगु,प्राग्य हरिश्चन्द्र लावती,याक्थुङ प्रग्या प्रतिस्ठानका कुलपति राजेन्द्र कुमार जवेगु,साहित्यकार तथा पत्रकारहरुको उपस्थििती रहेको थियो ।

कार्यक्रम बरिस्ठ साहित्यकार डा.देवी क्षेत्री दुलालको प्रमुख अतिथि तथा हाम्रो थिएटर नेपालका उपाध्यक्ष कमल घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!