कुम्मायकमा गजल प्रतियोगिता सम्पन्न ।

Posted on: 08 Oct, 2018

 कमल घिमिरे, पाँचथर असोज२२ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गजल प्रतियोगिता सम्पन्न भएको छ । झापा र पाँचथरका श्रष्ठाहरुको जमघट सम्मान तथा सुभकामना आदान प्रदान कार्यक्रमा कुम्मायक स्तरीय गजल प्रतियोगिता सम्पन्न भएको हो । कुम्मायक–कुसायक साहित्य प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगितामा १२ जनाले सहभागीता जनाएका थिए । छनोटबाट प्रथम सन्तोष शेर्मा, दोस्रो मुस्कान सम्बाहाम्फे, तेस्रो गणिता चेम्जोङ, चौथो मदन आचार्य र पाँचौ उमेश रम्तेल भएका छन् । उनिहरुलाई नगत तथा प्रमाण पत्र बितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा साहित्यको क्षेत्रमा योगदान पु¥याउनु हुने, प्रशिद्ध गजलकार प्राज्ञा बुँद राना, भाषा बिज्ञ हरिसचन्द्र लावती, लिम्बु गजलकार राजकुमार तेयुङ, गजलकार तथा पत्रकार लेखनाथ सिकारु, रमेश थापा लागायतका श्रष्टाहरुलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति तथा प्रशिद्ध गजलकार बुँद रानाले साहित्य, कला र संस्कृतिको शंरक्षणको लागि श्रष्ठाहरुले समाजमा ठुलो भूमिका खेल्ने गरेको भन्दै, कला र साहित्यको सधैव सम्मान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले, श्रष्टाले लामो समय लगाएर सृजर्ना गरेका साहित्यिक रचनाहरुले समाज र राष्ट्रलाई सहि मार्गमा लाने बताउँनुभयो । सोही अवसरमा भाषा बिद्ध हरिस चन्द्र लावतीले, कुम्मायक गाउँपालिकाको कला सस्कृति र साहित्य सरक्षणको लागि कुम्मायक–कुसायक प्रतिष्ठानले खेलेको भूमिका महत्वपुर्ण भएको बताउँनु भयो । गाउँघरमा रहेका मातृभाषा, कला र सकृतिको संरक्षण गरि जीवन्त रुपमा बचाई राख्नु आजको आवश्यक्ता रहेको लावतीले जोड दिनुभयो । सोही गजल प्रतियोगितामा कुम्मायक गाउँपालिका उप–प्रमुख सिता आचार्य, ‘मेची पोष्ट’ राष्ट्रिय दैनिका प्रकाशक लेखनाथ सिकारु लगायतका बक्ताहरुले सुभकामना तथा बधाइ ब्याक्त गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!