उपचारका लागि फिदिमबाटै हवाई सेवा

Posted on: 26 Apr, 2019
कमल घिमिरे।बैशाख१३।पाँचथर, पाँचथर सदरमुकाम फिदिमबाट सञ्चालित निजि क्षेत्रको समर्पित अस्पताल र काठमाण्डौमा अवस्थित मेडिसिटी अस्पताल बिच सात बुँदे सहमति भएको छ । 
 नेपाल मेडिसिटीका तर्फबाट बिजय रिमाल र समर्पित अस्पतालका तर्फबाट सन्देश पराजुलीले सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन । जसमा दुई अस्पताल बिच आकस्मिक रुपमा हेलिकप्टर सेवा सञ्चालन गरिने, जुनसुकै बेलामा पनि दुर्घटना भए तत्काल डाक्टरहरुको परिचालन गरिने,  औंसधी उपचार, डाक्टरहरुको सेवा भरपर्दो गरिने  लगायतका सहमती भएको बताइएको छ  । 
 पछिल्लो समय बिरामिहरु विदेशमा  उपचरका लागि जाने क्रम बढेपछि नेपालमै गुणस्तरिय सेवा प्रवाह गर्ने उद्देश्यले दुई पक्ष बिच सम्झौता भएको शुक्रबार फिदिममा पत्रकार सम्मेलन गर्दै सो कुरा जानकारी गराइएको हो ।
 पाँचथर, तेह्रथुम र तात्लेजुङ लगायतका जिललामा जस्तोसुकै समस्या आएपनि तत्काल रुपमा हवाई सेवामाफर्त सेवा प्रवाह गरिने समर्पित अस्पतालका कार्यकारी निर्देसक सन्देश पराजुलीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!