तुम्बेवा गाउँपालिकामा प्राइम बेंक स्थापना भएपछि बैंकिङ काम गर्न सहज

Posted on: 08 Jan, 2019

जितेन्द्र भण्डारी | पुस २४, पाँचथर | सरकारले देशैभरका स्थानिय तहमा बेंक पुरयाउने लक्ष्य अनुरुप पाँचथरको तुम्बेवा गाउँपालिकाका स्थानियलाई लक्षित गरेर मौवा बजारमा सोमबार प्राइम बेंकको स्थापना भएको छ । बेंकको उद्घाटन तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापाले रिविन काटेर गर्नुभएको थियो ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख थापाले बेंक स्थापना भएसँगै यस क्षेत्रमा नयाँ अध्याय शुरु भएको बताउनुभयो ।

गाउँपालिकाका जनताको निम्ति यो बेंक ढिलै भएपनि स्थापना भएर कोशेढुँगा सावित भएको बताउँदै स्थानियको समृद्धि र विकाशको लागि यो एउटा आधार बनेको उहाँले बताउनुभयो । अब तुम्बेवावासीले बेंकको काम गर्न सदरमुकाम सम्म धाउनु नपर्ने र बेङकिङ काम गर्न अव यस शाखा बाटै हुने गरी पालिकाले समन्वय गरी बेंक स्थापना गरेकोले यस ठाउँका जनताका लागि धेरै सहज हुने गाउँपालिका प्रमुख थापाले बताउनुभयो ।


यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहालले यस क्षेत्रमा बेंक नहुँदा गाउँपालिकाको कामकाजहरु गर्न सदरमुकाम सम्म धाउनुपरेको तथा यस ठाउँको जनताको निम्ति पनि समस्या भएको हुँदा अव बेंक स्थापना भएकोले सहज हुने बताउनुभयो ।

त्यसैगरी प्राइम बेंक धरान शाखाका प्रमुख रिषीराम भट्टराईले सरकारले सवै स्थानिय तहमा बेंक पुरयाउने लक्ष्य अनुसार आफूहरुले पनि यस ठाउँको जनतालाई बेंकको पहुँचमा पुरयाउन बेंक स्थापना गरेको बताउनुभयो ।

यस्तै प्राइम बेंक तुम्बेवा शाखाका प्रमुख दिपेन्द्रनाथ श्रेष्ठले बेंक स्थापना भएकोले बेकलाई सफलतापूर्वक संचालन गर्न सहयोग गरिदिन आम तुम्बेवाबासीलाई आग्रह गर्नुभयो ।

बेंक उद्घाटन सँगै २ सय ७ जनाले सेवा लिएका छन् । कार्यक्रमको संचालन शिक्षक खड्ग बहादुर थापाले गर्नुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!