२० वर्षीया युवतीमाथि बलात्कार

Posted on: 11 Dec, 2020

मंसिर २६, काठमाडौं | पाल्पामा २० वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् |

बुधबार इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले रामपुर नगरपालिका-५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपालीलाइ पक्राउ गरेको हो |

मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई बुधबार राति जबरजस्ती करणी गरेको सूचनाको आधारमा बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!