ओेखलढुंगामा जिप दुर्घटना हुँदा ८ जना घाइते, दुईको अवस्था गम्भीर

Posted on: 12 Mar, 2020

फागुन २९,ओखलढुंगा | ओेखलढुंगाको मानेभज्याङ गाउँपालिका–४ केत्तुकेमा बोलेरो जीप दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् |

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । बिहीबार बिहान बिरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश नम्बर तिनको ०१०२२ च ३१८३ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ |

दुर्घटनामा परी जिप चालक बिरगन्ज पर्साका अन्दाजी २२ बर्षिय अनिल कुमार साहानी र सोही स्थानका २६ बर्षिय सुगन्धी देबी बिनको अवस्था गम्भीर छ |  उनीहरुको ओखलढुंगा सामुदायीक अस्पातलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए |

अन्य सामान्य घाइतेहरुमा नेपागन्ज बाँकेका बिराज थापा, बिरगन्ज पर्साका आकाश कुमार नाबालक, मन्थली रामेछापका कपिल मगर र सिद्धिचरण नगरपालिका–४ का सनम घले, बल बहादुर श्रेष्ठ र राजन घले रहेका छन् । 

जिपमा १२ जना सवार रहेको भएपनि अन्य चारजना भने सकुशल रहेको प्रहरी निरिक्षक बस्नेतले बताए | दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!