ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको जिप दुर्घटना

Posted on: 10 Dec, 2019

मंसिर २४, काठमाडौँ | ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको जिप दुर्घटना भएको छ | जिल्लाको सिद्धिचरण नगरपालिका–६ टोड्केमा मंगलबार सुमो जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् |

बिहान पौने ९ बजे ओखलढुंगाबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६४१२ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खसेको हो |

जिल्ला प्रहरी कार्यालय प्रमुख पुष्पराज मल्लका अनुसार जिपको स्टेयरिङ नमोडिएका कारण दुर्घटना भएको हो | घाइतेहरुको अवस्थामा खतरामुक्त रहेको छ र  ओखलढुङ्गाकै मिसन अस्पतालमा उपचार भोरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!