ओखलढुंगामा बालिका करणी गरेको आरोपमा वृद्ध पक्राउ

Posted on: 20 Jul, 2019

साउन ४, ओखलढुंगा | बालिकालाई करणी गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका करणी गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

मगरले बालिकालाई प्रलोभनमा पारेर गत असार ३० गते शौचालयमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ । 

पक्राउ परेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!