ओखलढुंगामा माटोको ढिस्कोले पुरिएर आमाको मृत्यु, छोरी घाइते

Posted on: 12 Apr, 2019

 चैत २९, ओखलढुंगा । ओखलढुंगामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर लिखु गाउँपालिका ३ सत्लुङ की ५५ वर्षीया सेतिमाया मगरको मृत्यु भएको छ। माटो खन्दा माथिबाट खसेको ढिस्कोले पुरिँदा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। 

ढिस्कोले पुरिँदा सेतिमायाकी छोरी १८ वर्षीया विष्णु मगर गम्भीर घाइते भएकी छन्। ढाडमा गहिरो चोट लागेकाले उनलाई उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल पुर्‍याएको छ।उक्त घटनामा ३२ वर्षीया गोमा मगर पनि घाइते भएकी छन्।उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनको अबस्था सामान्य रहेको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!