ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on: 21 Feb, 2019

 फागुन ९, ओखलढुगा ।  करेन्ट लागेर ओखलढुंगामा विद्युत प्रधिकरणका कर्मचारी २९ वर्षीय जनक गुरुङको मृत्यु भएको छ।  

सिद्धिचरण नगरपालिका २ ठुलाछापमा ट्रन्समिटर परिर्वतन गर्ने क्रममा करेन्ट लाग्दा सोही नगरपालिका १२ का गुरुङको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक शरणाकुमार दाहालले जानकारी दिए। 

गुरुङको करेन्ट लाग्नासाथ उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लाने क्रममा मृत्यु भएको हो। गुरुङ २०७२ सालदेखि नेपाल विद्युत प्रधिकरण ओखलढुंगा वितरण शाखामा ज्यालादारीमा काम गर्दै आएका थिए।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!