भक्तपुरमा बसबाट ओर्लिने क्रममा आफैँ चढेको बसले ठक्कर दिँदा एकजनाको मृत्यु

Posted on: 23 Jan, 2019

माघ ९, भक्तपुर | भक्तपुरमा बसबाट ओर्लिने क्रममा त्यही बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा ज्यामिरे २ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीया प्रतिमा वाग्ले बानिँया रहेकी छन्|

काठमाण्डौबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ९३९० बसबाट सूर्यविनायक नगरपालिका ५ सृजना नगरमा ओर्लिने क्रममा त्यही बसले ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारका क्रममा ज्यान गएको हो । 

ठक्करबाट गम्भीर घाइते भएकी बानिँयाको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

बस चालक २७ वर्षीय नवराज नेपाल र बसलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!