उठ अन्तरे !

Posted on: 27 Feb, 2017

        विरेन्द्र तामाङ

ओखलढुंगा,हाल : धनकुटा


पूर्वमा घामको लाली नचढदै

आकाशमा ताराहरू नटुटदै

कति सुँगुर झै सुति रहन्छौ?उठ अन्तरे

सुत्नु त छ एक दिन,चीर निन्द्रामा कहिल्यै 

नउठने गरी !


तिमी सुतिरहेको छौ र त यहाँ भ्रष्टाचार मौलाएको छ

घुसखोरी,कमिसन दलाल र बिचौलियाको बिगबिगी छ

सपनामा रमाएर काम छैन अन्तरे! उठ जाग

सुत्नु त छ एक दिन,चीर निन्द्रामा कहिल्यै 

नउठने गरी !


समाजमा कुरीतिको जालो फैलिएर 

भोलि माछा झै बन्ने छौ हामी 

जालोभित्र फसेपछि जति उफ्रे पनि 

मर्नुको बिकल्प छैन अन्तरे त्यसैले उठ!

सुत्नु त छ एक दिन,चीर निन्द्रामा कहिल्यै 

नउठने गरी !



यस बिषयमा तपाइको प्रतिक्रिया...!