गजल "किस्ता तिर्दैछु म"

Posted on: 27 Feb, 2017

            दिपा नेपाल

ओखलढुंगा,हाल : नेपालगञ्ज

टाउकै माथि छ ऋण सवार किस्ता तिर्दैछु म

बचाउन यि घर परिवार किस्ता तिर्दैछु म


राहदानी धितो राखी मरुभूमि भिजाएर

नियम अनि सर्त अनुसार किस्ता तिर्दैछु म


लेखाएछौ आफ्नो नाम चैँ कालोसुचि भित्रै पारी 

नदेखाउ मलाई  हतियार किस्ता तिर्दैछु म


ईमान्दारीताको पाठ नपढाउनु कसैलाई

लिमामी मा छ स्वयं सरकार किस्ता तिर्दैछु म


साँवा अनि ब्याजको पनि ब्याज लाग्ने जिन्दगिमा

पार्न लाई त्यो हिसाब बरोबर किस्ता तिर्दैछु म

यस बिषयमा तपाइको प्रतिक्रिया...!