एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

Posted on: 27 Feb, 2021

फागुन १५, काठमाडौँ | अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ । 

चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चराको फोटो सार्वजनिक गरेका हुन् । उनले फेला पारेको त्यस चराको फोटोले यतिबेला विश्वभरका संरक्षणकर्मीको ध्यान तानेको छ । 

उनले विगत ४८ वर्षदेखि चराको अध्ययन गरिरहेका छ । पछिल्लो समय काठ फोरुवा लहाँचे चराको खोजीमा रहेका उनीले दुई लिङ्गी भएको चरासँगको साक्षात्कार हुँदा लहाँचे भेटिए जत्तिकै खुसी व्यक्त गरेका छन् । 

एउटै शरीरमा भाले र पोथीको रङसहित अण्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ । आफूले लाखौँ चराको अध्ययन गरे पनि अहिले भेटिएको त्यो चरा निकै दुर्लभ भएको उनले बताएका छन् । 

चरा भेटिएपछिको आफ्नो अनुभूति फेसबुकमार्फत सार्वजनिक गर्दै उनले दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको बारेमा बताएका छन् । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!