सेनिटाइजरको अधिक प्रयोग खतरनाक

Posted on: 21 Feb, 2021

फागुन ९, काठमाडौँ | कोरोना महामारी  (कोभिड–१९)ले  'ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ ।

छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्,  “कोरोना सङ्क्रमण  मात्र  नभएर  विभिन्न सरुवा   रोगबाट   बच्न   ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो तर सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने र कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पुर्याउनुपर्छ ।” 

हात धुन सम्भव भएको ठाउँमा सेनिटाइजरको  प्रयोग  गर्नु  गलत बानी भएको बताउँदै उनले विभिन्न रसायन  र  अल्कोहल  प्रयोग  गरेर तयार गरिने सेनिटाइजरले कतिपय अव‚थामा हानि गर्ने बताइन् ।

डा.  अमात्यले  सेनिटाइजरको काम  फोहोर  हातलाई  सफा  गर्नु मात्र नभएको प्रस्ट पार्दै भनिन्, “हात    फोहोर    भएको    बेला सेनिटाइजर  होइन,  साबुनपानीको प्रयोग  गर्नुपर्छ ।  सेनिटाइजर  प्रयोग गरिएको   २०   सेकेन्डपछि   मात्र कीटाणु मर्छ ।” 

- यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!