‘सुक्ष्म सावधानी नअपनाए उपत्यकाको अवस्था भयावह हुनसक्ने’

Posted on: 21 May, 2020

जेठ ८, काठमाडौं | विश्व महामारी कोरोनाविरुद्ध सुक्ष्म सावधानी नअपनाएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ । 

संक्रमित संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह गर्ने तयारीसमेत थालेको छ । 

उपत्यकामा लुकिछिपी आवतजावत अझै नरोकिएपछि अवस्था भयावह हुन नदिन सबै नाका सिल गर्नुपर्ने निष्कर्षमा महानगर पुगेको छ । 

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मंगलबार बसेको बैठकले ‘उपत्यकाको अवस्था भयावह हुनसक्ने’ औंल्याउँदै ‘नाका सिल गर्न गृह मन्त्रालय र जिल्ल प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको हो । 

- यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!