अब वैदेशिक रोजगारको श्रमस्वीकृति लिएकालाई नेपालमै मृत्यु भएपनि क्षेतीपूर्ति

Posted on: 06 Mar, 2020

फागुन २३, काठमाडौँ | वैदेशिक रोजगार बोर्डले श्रमस्वीकृतिको अवधिमा नेपालभित्र मृत्यु भएका कामदारका परिवारलाई पनि क्षतिपूर्ति दिने निर्णय गरको छ । यसअघि वैदेशिक रोजगार वोर्डले विदेशमा मृत्यु भएका र बिरामी अवस्थामा नेपाल आई मृत्यु भएका कामदारका आश्रित परिवारलाई मात्रै क्षतिपूर्ति दिने गरको थियो।

बोर्डका अध्यक्ष समेत रहेका श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको अध्यक्षतामा बसेको बोर्डको बैठकले आर्थिक सहयोग गर्ने बाटो खोलिदिएको हो । यो निर्णयले तत्काल दुई सय एक जना मृतक कामदारका परिवारले राहत रकम पाउने भएका छन्। बोर्डले उनीहरूलाई जनही सात लाख आर्थिक सहयोग गर्नेछ । 

बोर्डमा नेपालमा मृत्यु भएका २ सय ३४ जना मृतक कामदारका परिवारले क्षतिपूर्ति दाबी गर्दै निवेदन दिएका थिए । जसमा नेपालमा उपचारका क्रममा मृत्यु भएका ५२ जना, दुर्घटनामा ५३ जना, आत्महत्याका कारण १२ जना, प्राकृतिक कारणले मृत्यु भएका १६ जना, कारण नखुलेका १२ जना, श्रमस्वीकृतिको म्याद समाप्त भएको एक वर्षभित्र मृत्यु भएका २१ जना, श्रमस्वीकृतिको म्याद समाप्त भएका ५ जना र विदेश नगई मृत्यु भएका सहित २ सय ३४ जनाको परिवारले बोर्डमा निवेदन दिएका थिए । त्यसमा छानबिन गरी २ सय १ जनालाई क्षतिपूर्ति दिने निर्णय भएको हो । 

- आजको कान्तिपुर दैनिकमा समाचार छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!