वैदेशिक रोजगारमा जानेलाई म्यानपावरको ठगी,उजुरी बढ्यो

Posted on: 28 Jan, 2020

माघ १४, काठमाडौँ | गत आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत) विरुद्धमा ठगीको उजुरी बढको पाइएको छ । 

गत आवको सुरुको ६ महिनामा म्यानपावर विरुद्धका उजुरीको संङ्ख्या ५५४ बाट ३५ प्रतिशतले बढेर चालु आवको सोही अवधिमा ७४८ पुगेको छ । गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा म्यानपावरको ठगीमा परी उजुरी गर्ने पीडितको संख्या बढेको हो | 

वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा गत वर्षको सुरुका छ महिनामा ठगीमा परेको जनाउँदै ५५४ उजुरीकर्ताले १९ करोढ ९८ लाख २६ हजार ७२० रुपैयाँ दावीसहित उजुरी दिएको विभागले जनाएको छ । 

यसैगरी चालू आवको सोही अवधिमा ठगीमा परेको भन्दै ७४८ जना युवाले २३ करोड ९१ लाख ५ हजार १९३ रुपैयाँ दावी गरिी उजुरी दिएका छन् |- यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!