प्रधानमन्त्रीको गृहनगरमा अर्को बालुवाटार काण्ड

Posted on: 08 Dec, 2019

मंसिर २२, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिका–८ बालुवाटारस्थित करोडौं मूल्यको सरकारी जमिन सत्तारुढ नेकपाकै एक नेताले कब्जा गर्ने प्रयास गरेका छन् | नेकपा नेता गगन पुरीले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ |

 नेता पुरीले मालपोत र नापीका कर्मचारीसँग मिलेर सरकारी जमिन व्यक्तिको नाममा पार्ने प्रयास गरेको खुलेको छ | पुरीले ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाका एक सामान्य व्यक्तिको नाममा पास गराएर हत्याउन खोजेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए |

जमिन मोरङ पथरीका ओमप्रकाश पौडेलको नाममा पास गरिदिन लागेको बुझिएको छ | -यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाइँले लेखेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!