नेपाल वायुसेवा निगमले जापानको नारितामा पायो ग्राउन्ड ह्यान्डलिङ सेवा

Posted on: 03 Dec, 2019

मङ्सिर १७, काठमाडौँ | नेपाल वायुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्ल्युल र स्लट) को सहमति गरेको छ । यो सहमतिसँगै निगम सन् २०२० को जनवरीदेखि जापानको नारितामा उडान शुरु गर्ने तयारीमा छ । 

निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा दुईवटा उडान गरिरहेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवा नपाउँदा निमगको नारितामा विमान सेवा सञ्चालन गर्ने योजना अनिश्चित बनेको थियो । 

निगमले अहिले जापान सिभिल एभिएशन ब्युरोअन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेको छ । 

- यो समाचार आजको आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!