नागढुंगाको सुरुङ खन्न नौ सय टन विस्फोटक पदार्थ आवश्यक

Posted on: 27 Nov, 2019

मङ्सिर ११, काठमाडौँ | बहुचर्चित आयोजनाका रुपमा रहेका नागढुंगा सुरुङमार्ग आयोजनालाई भारी मात्रामा विस्फोटक पदार्थको आवश्यकता परेको जनाएको छ । आयोजनाको सुरुङ निर्माण प्रयोजनका लागि विस्फेटक पदार्थ आवश्यकता परेको हो । 

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सुरुङ खन्ने प्रयोजनका लागि ९ सय टन विस्फोटक पदार्थ माग गरेको आयोजनाले जनाएको छ ।

‘ब्लास्ट एन्ड ड्रिल मेथड’ अर्थात विस्फोटन र खन्ने पद्धतिअनुसार सुरुङको कामका लागि भारी मात्रमा विस्फोटक पदार्थको माग भएको आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए ।

- यो समाचार आजको समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!