श्रम स्वीकृतिलगायत सबै कानुनी प्रक्रिया पूरा गरे पनि कामदार विमानस्थलबाट फर्काइयो

Posted on: 23 Nov, 2019

मङ्सिर ७, काठमाडौँ | वैदेशिक रोजगार विभागले वैधानिक रुपमा श्रम इजाजतपत्र लिएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकामा आपत्ति जनाएको छ । 

वैदेशिक रोजगारीका लागि हिँडेका युवालाई कागजात राम्रोसित नहेरिकन विमानस्थलबाट फर्काइने घटना बढ्न थालेको र यस्ता कामदार रुँदै कराउँदै यहाँ आउने गरेकाले विभागले सम्बन्धित वायुसेवा कम्पनी र विमानस्थलका कर्मचारीले गरेको व्यवहारप्रति यस्तो आपत्ति जनाएको हो । 

श्रम स्वीकृतिलगायत सबै कानुनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई पनि बिनाकारण त्यसै फिर्ता गर्ने क्रम बढेको विषयमा विभागले यस्तो आपत्ति जनाएको हो । 

- यो समाचार आजको राजधानी दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!